राजनीति

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन बैठक आह्वान

इकागज |
मंसिर ३, २०७८ शुक्रबार १७:२९ बजे

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन शाहीले विश्वासको मत लिने भएका छन् ।   यसका लागि प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक मंसिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ,’ प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । सत्तागठबन्धनमा रहेका दलको समर्थनमा शाही १६ कात्तिकमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।



Author

थप समाचार
x