राजनीति

सरकारका सकारात्मक कामको प्रचार गर्न पत्रकारसमक्ष अर्थमन्त्रीकाे आग्रह

इकागज |
मंसिर ४, २०७८ शनिवार १६:४० बजे

काठमाडौँ - सरकारले गरेका सकारात्मक कामको प्रचार प्रसार गर्न अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीलाई आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समिति अधिवशेनको उद्घाटन गर्दै शर्माले यस्तो आग्रह गरेका हुन् ।

जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा सञ्चार क्षेत्रमा आवद्ध संघ,, संगठनले जोड दिनुपर्ने उनको भनाइ छ । ‘जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।’


पार्टी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका शर्माले नेपालमा अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पारे ।


Author

थप समाचार
x