राजनीति

धनुषाबाट एमाले महाधिवेशन प्रतिनिधि छनाेटमा विवाद

रघुवीर महासेठविरुद्ध नाराबाजी

सुभाष कर्ण |
मंसिर ४, २०७८ शनिबार १७:४६ बजे

जनकपुरधाम – धनुषामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ । स्थायी कमिटी सदस्य रघुवीर महासेठले मनोमानी गरेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनी गरेका छन् ।

प्रदेश २, प्रदेश सभाका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा महासेठविरूद्ध प्रदर्शनी र नाराबाजी गरिएको हो । धनुषाबाट प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेकाले विरोध प्रदर्शन गरिएको प्रमुख सचेतक किशोरी साहले बताए । ‘महासेठले गुटबन्दी गर्दै आसोपासे तथा नातागोतालाई प्राथिकता दिएका छन् । प्रतिनिधि छनोटमा गरिएको मनपरी नसच्याइएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।


पूर्वमन्त्रीसमेत रहेका महासेठले साह र माओवादी केन्द्रबाट एमालेमा रहेका शीला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतलाई बेवास्ता गरी एक्लौटी ढंगले निर्णय गरेको भन्दै कार्यकर्ताहरू आन्दोलित भएका हुन् ।

 

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x