राजनीति

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

इकागज |
मंसिर ५, २०७८ आइतवार १५:३८ बजे

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन् ।

रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् । ‘अध्यक्ष पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।


पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरूमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रूपमा अगाडि बढाउने दृढ अठोट लिएको रावलले उल्लेख गरेका छन् । ‘मैले  विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन । पार्टी एकताका लागि १० बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ,’ उनले भने ।


Author

थप समाचार
x