राजनीति

क्यूआर कोड र इ-सेवाबाट एमालेले उठायो २० लाख चन्दा

इकागज |
मंसिर ५, २०७८ आइतबार १७:१ बजे

काठमाडौँ - आसन्न १०औं महाधिवेशनका लागि नेकपा एमालेले क्यूरआर कोड र इ-सेवामार्फत २० लाख रूपैयाँ चन्दा संकलन गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र इ-सेवामार्फत २० लाख रूपैयाँ जम्मा गरेको जानकारी दिए । 

उनका अनुसार अधिकांश संगठित सदस्यले १ सय रूपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छाअनुसार रकम पठाइरहेको जानकारी दिए । ‘हालसम्म क्यूआर कोड र इ-सेवाबाट २० लाख रूपैयाँ जम्मा भएको छ, यो ठ्याक्कै हिसाब होइन, खातामा थप रकम पनि जम्मा भएको छ, हिसाब सार्वजनिक गर्छौं,’ तामाङले भने । 


महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै इ-सेवा र फोनपेबाट न्युनतम १ सय रूपैयाँ जम्मा गर्न आग्रह गरेको थियो ।एमालेले कार्यकर्ता  र सुभेच्छुकलाइ न्युनतम १ सय रूपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै २६ कात्तिकमा नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो ।


Author

थप समाचार
x