राजनीति

हुम्लाका ४३ वडामा माओवादी केन्द्रको नेतृत्व चयन

इकागज |
मंसिर ५, २०७८ आइतबार १८:३५ बजे

सिमकोट – नेकपा माओवादी केन्द्र हुम्लाले सर्वसहमतिबाट वडा अधिवेशन सम्पन्न गरेको छ । ४४ वडा रहेको हुम्लामा नाम्खा गाउँपालिकाको वडा ६ लिमीबाहेक अन्य ४३ वडामा अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्र हुम्लाले ४३ वटा वडामा एक साथ सर्वसहमतिबाट नेतृत्व चयन गरेको छ । सात वटा गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा रहेका छन् भने लिमीबाहेक अन्य ४३ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व शनिबार देशभरका वडामा एकसाथ भएको अधिवेशन कार्यतालिकाअनुसार हुम्लाका ४३ वडामा अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र हुम्लाका जिल्ला पार्टी अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।


कूल ४४ वडा रहेको हुम्लामा लिमीमा चिसोका कारण अधिवेशन नभएको र अन्य ४३ वडा मा सम्पन्न भएको जिल्ला अध्यक्ष जैसीले बताए । जिल्ला अध्यक्ष जैसीका अनुसार अधिकांश वडामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको जिल्ला पार्टी अध्यक्ष जैसीले जानकारी दिए ।

वडा अधिवेशनमा बीस प्रतिशत युवा, ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित, जनजाति समावेश गरिएको अध्यक्ष जैसीले बताए । पछिल्लो समय राजनीतिमा युवा पिँडीको रुचि बढी देखिएको उनले बताए । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा मंसिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।


Author

थप समाचार
x