राजनीति

एमाले महाधिवेशनको असर : मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा रोक

इकागज |
मंसिर ९, २०७८ बिहिवार १७:१० बजे

नवलपरासी -  एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् । 

एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ । चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकले विभिन्न क्षेत्र भएर गुड्ने सवारीमा रोक लगाएको हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालबाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो । 



Author

थप समाचार
x