राजनीति

केपी ओली जहाजमा, भीम रावल सडकमा

इकागज |
मंसिर ९, २०७८ बिहीबार १८:४७ बजे

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावल चितवन आइपुगेका छन् । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । 

रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका छन् । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन् ।



Author

थप समाचार
x