राजनीति

प्रतिनिधि सभा विघटनको ओलीद्वारा बचाउ

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १५:१३ बजे

चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अवस्थामा आफूले गरेको प्रतिनिधि सभा विघटनको बचाउ गरेका छन् । जनमतमा जाऔं भन्ने एमालेको विचारप्रति निर्वाचन नचाहनेहरूले परमादेशबाट सरकार गठन गरेको ओलीले तर्क गरे ।

चितवनको नारायणी किनारमा सुरू भएको एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सबै पार्टीहरू आश्चर्यका साथ एमालेको महाधिवेशनलाई उदाहरणका रूपमा हेरिरहेको पनि ओलीले बताएका छन् । महाधिवेशन स्थलमा उपस्थित भएर मात्र होइन, घर–घरबाट टेलिभिजन र इन्टरनेटका माध्यमबाट सबैले एमालेको महाधिवेशनलाई आश्चर्य मानेर हेरिरहेको ओलीको भनाइ छ ।   


‘देशलाई यहाँसम्म ल्याइपुर्‍याउन एमालेको भूमिका छ । नेपालका आर्थिक, सामाजिक र विभिन्न प्रकारका समस्या समाधान गर्ने अभिभारा बोकेको पार्टी एमाले हो,’ ओलीले भने, ‘यो पार्टीले संघर्षका सात दशक बिताएको छ । यस्तो ऐतिहासिक पार्टीको महाधिवेशन आज यहाँ गरिँदैछ । देश, विदेशका अन्य दलले पनि एमालेको महाधिवेशनजस्तै समजदारीपूर्ण तरिकाले गर्न सक्छन् कि सक्दैनन् ?’

लाेकतन्त्र भन्ने कुरामात्र नभएर जनताकाे उन्नति र देशकाे विकासका लागि आवश्यक रहने ओलीकाे भनाइ छ । नेपाली जनतालाई आवश्यकता परे नेपालकाे संविधान संशाेधन हुनसक्ने पनि ओलीले बताए । नेपालमा अब हिंसा र पृथकतावादी गतिविधि नरहेकाे ओलीले बताए ।  

 

 


Author

थप समाचार
x