राजनीति

कांग्रेस नुवाकोट सभापतिमा महत विजयी

इकागज |
मंसिर ११, २०७८ शनिबार २०:९ बजे

नुवाकोट - नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् । महतले डा. केदार नरसिंह केसीलाई २२ मतले हराउँदै सभापति निर्वाचित भएका हुन् ।

नुवाकोटमा नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ । रमेश डा. महत पक्षका हुन् भने केसी अर्जुननरसिंह केसी पक्षका हुन् । निर्वाचन समितिले मतगणनाको आधिकारिक विवरण औपचारिक रूपमा सार्वजनिक गर्न भने बाँकी छ ।



Author

थप समाचार
x