राजनीति

भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना प्याक गरेर पठाइने

इकागज |
मंसिर १२, २०७८ आइतबार १८:२७ बजे

काठमाडौँ - नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधानविपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् । आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र बेलुकीको सवा ६ बज्दासम्म सञ्चालन हुन सकेको छैन । एमाले स्रोतका अनुसार बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुने छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् । उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ ।



Author

थप समाचार
x