राजनीति

एमाले महाधिवेशन : कसले कति पाए मत ?

इकागज |
मंसिर १४, २०७८ मंगलबार १७:४१ बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ८ सय ३७ मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए ।  ओलीले एकलौटी निर्णय गरेर प्रारम्भीक सूची सार्वजनिक गरेर घोषणा गर्न नदिएका रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।  
यसपटक ३३ जनाले नो भोट प्रयोग गरेका छन् । 

एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकप्रिय मत ल्याइन् । २०९६ मतमध्ये उनले १९७६ मत प्राप्त गरिन् ।  त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १ हजार ८४२ मत,  रामबहादर थापाले १७६८ मत ल्याएर उपाध्यक्ष निर्वाचित भए । घनश्याम भुसाल भने ७२५ मात्र भोट ल्याएर पराजित भए ।  


सात जना सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले लोकप्रिय मत ल्याए । उनले १९७४ मत ल्याए । योगेश भट्टराईले १९६४, पद्‍मा अर्याल १७९९ र छविलाल विश्वकर्माले समान १ हजार ८ सय ३, माओवादी ‍परित्याग गरेर एमाले बनेका लेखराज भट्टले १७०४ र टोपबहादुर रायमाझीले १८०४, रघुवीर महासेठ १५०० मत ल्याएर सचिव भए ।  भीम आचार्य र टंक कार्की भने पराजित भए । आचार्यले ७६८ मत प्राप्त गरे भने कार्कीले ५५९ ल्याए । 
 


Author

थप समाचार
x