राजनीति

एमाले महाधिवेशन

भीम रावल र घनश्‍याम भुसाल पनि केन्द्रीय सदस्यमा विजयी

इकागज |
मंसिर १४, २०७८ मंगलबार १८:४८ बजे

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावल खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको मत परिणाममा रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा रावलले ९०४ मत प्राप्त गरे ।

उनै रावल अध्यक्षमा भने पराजित भए । उनलाई केपी शर्मा ओलीले भारी मतान्तरले पराजित गरेका हुन् ।  तर, रावलले आफू केन्द्रीय सदस्यको उम्मेदवार नभएको बताइसकेका छन् । एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ८४० मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए ।  ओली समूहले रावलको नाम केन्द्रीय सदस्यमा पनि राखेको थियो ।


त्यस्तै उपाध्यक्षमा पराजित घनश्याम भुसाल पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  


Author

थप समाचार
x