राजनीति

राजतन्त्र फर्काउँछौं : कमल थापा

इकागज |
मंसिर १५, २०७८ बुधबार १५:३९ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र फर्काउने घोषणा गरेका छन् । पार्टीको जारी राष्ट्रिय महाधिवेशको उद्घाटन समारोहमा बोल्दै थापाले यस्तो बताएका हुन् । 

सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने थापाको उद्घोष छ । पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उनले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने दाबी गरे ।


उनले राप्रपाले ‘राजा आउ देश बचाउ’ भन्ने नारा छाडेर ‘जनता आउ राजा ल्याउ’ भन्ने नारा लगाउने बताए ।  उनले आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा मागेका छन् भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गरेका छन् ।  थापाले आगामी निर्वाचनमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गरे । विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएकोसमेत बताए ।


Author

थप समाचार
x