जसपा मधेस प्रदेश अध्यक्षमा रामबाबु यादव
जनकपुरधाम - जनता समाजवादी पार्टी, नेपाल (जसपा) का मधेस प्रदेश समिति अध्यक्षमा रामबाबु यादव चयन भएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) सँगको एकीकरणपश्चात् विवाद झैल्दै आएका जसपा विभाजनपछि पहिलो पटक आफ्नो प्रदेश समिति पदाधिकारी चयन गरेको हो । अध्यक्षमा चयन बारा निवासी प्रतिनिधि सभा सदस्य हुन् ।
बुधबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी यादवको अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी चयनको जसपाले घोषणा गरेको छ । समायोजनअन्तर्गत कात्तिक १५ गते विजय कुमार यादवको संयोजकत्वमा एक महिनाभित्र पूर्णकार्यसमिति निर्णयसहित १ सय ५१ सदस्यीय चयन गरिएको थियो ।
सो निर्णयवमोजिम कार्यसमिति सदस्यहरूमध्ये एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक मुख्य सचिव, तीन सचिव र एक कोषाध्यक्षसहित ११ सदस्यीय पदाधिकारी चयन गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका निर्वतमान अध्यक्ष विजय यादवले पदाधिकारीहरूको नाम घोषणा गरेका हुन् ।
कार्यसमितिको उपाध्यक्षहरूमा शेषनारायण यादव, रामपृत पासवान, शम्भु झा, वृजमोहन तिवारी, रामसेवक यादव, मुख्य सचिवमा दिनेश यादव, सचिवहरूमा युसुफ अली, नीरा साह, शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको विजय यादवले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया