राजनीति

प्रधानन्याधीशलाई विदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

इकागज |
मंसिर १६, २०७८ बिहीबार १०:२२ बजे

काठमाडौँ- सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन् ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।


‘प्रधानन्यायधीश विरामी भएकाले तत्काल कार्यवहाक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठपन्धनले निष्कर्ष निकालेको छ’, संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरू सहभागी छन् ।


Author

थप समाचार
x