राजनीति

न्यायपालिकाको सहयोग सकारात्मक : अध्यक्ष दाहाल

इकागज |
मंसिर १७, २०७८ शुक्रबार २०:११ बजे

चितवन - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन् । 
शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको र यसको गुन तिर्ने बताए ।

‘संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो हामीले बिर्सेका छैनौं । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौं,’ उनले भने, ‘हामीले हिजो पनि सहयोग गरिहाल्यौं नि ! प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर गठबन्धनको बैठक बसेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।’ 


फरक प्रसंगमा अध्यक्ष दाहालले सरकारले यही मंसिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने उनले बताए । ‘उहाँहरूले सुरूदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ,’ एमालेले संसद् बैठक अवरूद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘एमालेले अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको  वक्तव्यबाट देखियो ।’


Author

थप समाचार
x