राजनीति

गठबन्धनको सहमति भएमात्र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन सकिन्छ : अध्यक्ष दाहाल

इकागज |
मंसिर १८, २०७८ शनिवार १६:५१ बजे

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तागठबन्धनको सहमति भएमात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन सकिने बताएका छन् । शनिबार पार्टीनिकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मंसिर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।उनले राजनीतिक दलहरूको सहमति र समझदारी नभई अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताए । प्रधानन्यायाधीश जबराविरूद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरूबीचको सहमतिमा मात्रै हुने अध्यक्ष दाहालको भनाइ छ ।


अध्यक्ष दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा र एमसीसीबारे के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गरे ।


Author

थप समाचार
x