राजनीति

कांग्रेस महाधिवेशन : राति १ बजेबाट मात्रै सभापतिको मत गणना हुने

इकागज |
मंसिर २७, २०७८ सोमबार २३:५७ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान मतपत्र तयार नभएपछि ११ बजेमात्रै सुरु भएको थियो । साँझ ५ बजेसम्मको लागि तोकिएको मतदान समय पटक पटक थपेर राति ११ः३०सम्म पुर्याइएको थियो । कांग्रेसमा जम्मा ४७४३ महाधिवेशन प्रतिनिधिले मत हाल्ने अधिकार पाएका थिए ।  

तीन वटै मतदान केन्द्रमा मुचुल्का उठाएपछि सभापतिको मत गणना सुरु हुने निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । निर्वाचन समितिले मत गणनाको लागि राष्ट्रिय सभा गृहमा गणनास्थल तयार पारिएको छ । अन्यको मत भने मुचुल्का उठाएर पार्टी कार्यालय सानेपा लैजाने बताइएको छ । निर्वाचन समितिले पुस ३ गतेभित्र सबै उम्मेदवारको मत परिणाम सार्वजनिक गरिसक्ने योजना रहेको जनाएको छ ।  



Author

थप समाचार
x