निधिलाई फकाउन उनकै निवास पुगे देउवा
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सभापति पदका लागि भएको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेसँगै सभापति शेरबहादुर देउवा नेता फकाउन व्यस्त छन् ।
दोस्रो चरणमा देउवा र डा.शेखर कोइरालाबीच सभापति पदका लागि प्रतिस्पर्धा हुँदै छ । हिजो भएको मतदान र आज राति भएको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
देउवाले निर्णायक भनिएका पूर्वमहामन्त्री तथा सभापतिमा हार बेहोरेका प्रकाशमान सिंहलाई फकाउन सफल देउवा अहिले उपसभापति बिमलेन्द्र निधिलाई भेट्न उनकै निवास पुगेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया