सिंहले देउवालाई समर्थन दिएपछि शर्माले भने : पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो
काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता तथा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले प्रकाशमान सिंहले सभापति चयनको लागि दोस्रो चरणमा हुने निर्वाचनमा देउवालाई समर्थन गरेपछि आफूले पनि सिंहकै निर्णय मान्ने बताएका छन् । शर्मा सिंह प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् ।
‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उमेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु’ उनले ट्वीटरमा लेखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया