'वायुसेवा निगमको जहाज खरिदमा कमिसन खाएको फेला पारे झुन्डिन्छु'
फाइल तस्बिर
काठमाडौँ : नेपाल वायुसेवा निगमको जहाज किन्दा कमिसन खाएको प्रमाण फेला पारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले झुन्डिन तयार रहेको बताएका छन् ।
शुक्रबार त्रिभुवन आर्मी अफिसरको कल्बमा नागरिक उडड्यन प्राधिकरणको २३ औं वार्षिकोत्सबको अवसरमा उनले जहाज खरिद गर्दा कमिसन खाएको फेला परेमा राजनीतिबाट सन्यास नलिई झुन्डिने बताएका हुन् ।
निगमका अध्यक्षलाई १०-१२ वटा जहाज किनेर ल्याएर सबै राजनीतिक दलका नेतालाई एक रूपैयाँ कमिसन नखाएको घोषणा गर्न उनले आग्रह गरे। 'व्यापारको आइडिया ल्याउनुहोस जहाज किन्न सरकारले सहयोग गर्छ,' मन्त्री आलेले भने । मन्त्री आलेले निगमले पञ्चायतमा बेलायतको उडान भर्ने तर, लोकतन्त्र आएपछि बन्द भएकोमा आपत्ति प्रकट गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया