राजनीति

उपचारका लागि भारत जाँदै प्रधान सेनापति

इकागज |
पुस १६, २०७८ शुक्रबार १९:५४ बजे

काठमाडौं - प्रधान सेनापति महारथी प्रभुराम शर्माको २०७८ पौष १८ गतेबाट पौष ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ ।

स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १४ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।


सो अवधिमा  प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्नेछन् ।

प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम  प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।


Author

थप समाचार
x