राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेसले टुंग्यायो उम्मेदवार
काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ । आज बसेको कांग्रेस पदाधिकारी बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । प्रदेश १ बाट बस्नेत, वागमतीबाट पौडेल, गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट पुन र सुदूरपश्चिमबाट मिश्रलाई उम्मेदवार बनाउन लागेको हो । कांग्रेसको पदाधिकारी बैठकले यी नामहरू तयार पारेको र आजै केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ । केन्द्रीय समितिको बैठक केहीबेरअघि मात्रै सुरु भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया