राजनीति

सुर्खेत गढीमा पृथ्वीनारायण शाहको शालिक

इकागज |
पुस २७, २०७८ मंगलबार १७:२३ बजे

सुर्खेत - पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सुर्खेतको गढीमा शालिक स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १४स्थित ऐतिहासिक क्षेत्र गढीमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको हो । नेपाली सेनाको पश्चिम कमान्ड हेडक्वाटर निमारेले उक्त शालिक राखेको हो ।

नेपाली सेना सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले सालिका अनावरण गरेका हुन् । सेनाले यसअघि गढी प्रवेशद्वारमा गेट निर्माण गरेर इतिहास उल्लेख दस्तावेजसहित शाहको तस्बिर राखेको थियो ।


ऐतिहासिक संस्कति संरक्षण गर्दै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने मुख्य उदेश्यले  सालिक राखिएको कमाण्ड सेनापति उपरथी शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गोठीकाँडामा रहेको बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा रहेको छ । गढीको संरक्षणबाट गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बढ्ने विश्वास नेपाली सेनाको रहेको छ । 

 


Author

थप समाचार
x