राजनीति

कोभिड नियन्त्रणबारे एमालेले सरकारको ध्यानाकर्षण गराउने

इकागज |
पुस ३०, २०७८ १८:२२ बजे

काठमाडौँ -  कोभिड रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ । नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन् ।

उनले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोभिड नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएका छन् ।एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोभिड नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो ।


 



Author

थप समाचार