राजनीति

देउवा नेतृत्वको सरकार असफल भइसक्यो : प्रदीप ज्ञवाली

इकागज |
पुस ३०, २०७८ शुक्रबार १८:३२ बजे

फाइल तस्बिर

काठमाडौँ –  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ६ महिनामै असफल भएको टिप्पणी गरेका छन् ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै सरकार असफतातर्फ उन्मुख भएको बताएका हुन् । 

उपमाहासचिव ज्ञावलीले सर्वोच्च अदालतको परमादेशले सरकार बनेको बताउँदै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको तर्क गरे ।   उनले संसद्को अवरोध चाडो अन्त्य होस भन्ने एमालेले चाहेको बताउँदै संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने बताए ।   



Author

थप समाचार
x