स्थानीय तहको निर्वाचनबारे गगन थापा भन्छन्
'संविधानले जनप्रतिनिधिको रिक्तताको कल्पना गरेको छैन'
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा जनप्रतिनिधि बिहीनको अवस्था संविधानले कल्पना नगरेको बताएका छन् । सत्ता गठबन्धनभित्र बाटै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव आएपछि थापाले यस्तो कल्पना गर्न नसक्ने बताएका हुन् ।
‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘अतःनिर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’
थापाले कांग्रेसले असंवैधानिक कदम नचाल्ने पनि दाबी गरे । ‘कांग्रेस प्रष्ट छ, असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’
हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ
— Gagan Thapa (@thapagk) January 20, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया