राजनीति

कांग्रेस नेता प्रदीप पौडेल भन्छन्

‘प्रत्रकार एलबीको मृत्युले कमजोर स्वास्थ्य प्रणाली दोहोरियो’

इकागज |
माघ ८, २०७८ शनिबार १८:१६ बजे

फाइल फोटो

काठमाडौँ : आर्थिक समस्याले पत्रकार एलबी विश्वकर्माको मृत्युले नेपालको कमजोर स्वास्थ्य प्रणालीको समस्या दोहोरिएको कांग्रेस नेता प्रदीप पौडेलले बताएका छन् । शनिबार सामाजिक सञ्जालमा टिप्पणी लेख्दै नेता पौडेलले काठमाडौँमै आर्थिक संकटको कारण देखाउँदै परिचित पत्रकारको मृत्यु हुनु सामान्य विषय नभएको बताएका छन् ।

‘देशको राजधानीमा अवस्थित एउटा सरकारी अस्पतालमा पुगेको एउटा चिर परिचित पत्रकारले उपचार नपाएर जीवन गुमाउनु पर्छ भने हाम्रा दूर दराजका जनताको अवस्था कति दर्दनाक छ, हामीले जनताको स्वास्थामा किन गम्भीर हुन सकेका छैनौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 


स्वास्थ्य जस्तो संवेदनशिल र सबैलाई अपरिहार्य रहेको विषयमा पनि सरकारले गम्भीर चाँसो देखाउनुपर्ने नेता पौडेलको भनाइ छ । पत्रकार विश्वकर्माको आर्थिक अभावका कारण समयमै उपचार नपाएर काठमाडौँको सिभिल अस्पतालमा लामो समय राखेर पाटन अस्पतालमा मृत्यु भएको थियो । 


Author

थप समाचार
x