राजनीति

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त अपिल

इकागज |
माघ १०, २०७८ सोमवार ६:५२ बजे

काठमाडौँ-  सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गरेका छन् ।

पाँच दलका शीर्ष नेतारुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर गठवन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपिल गरेका हुन् ।


प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक संयुक्त अपिल जारी गर्दै गठबन्धनलाई विजयी बनाउन आह्वान गरेका हुन् । 

यसअघि गठबन्धनका दलहरुबीच एमालेले जितेको स्थानीय तहमा भागवण्डा गर्ने तथा यसअघि जुन दलको उम्मेदवार रहेको हो सोही दलबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको थियो । 
 


Author

थप समाचार
x