राजनीति

मन्त्रिपरिषद् बैठक

गोविन्द केसीको मागबमोजिम डडेलधुरामा मेडिकल कलेज स्थापना गर्न सैद्धान्तिक सहमति

इकागज |
माघ १०, २०७८ सोमबार १९:१७ बजे

फाइल तस्बिर

काठमाडौँ -  आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो । 

चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेको डा.गोविन्द केसीको माग बमोजिम सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागेको हो । डा.केसी सबै प्रदेशमा मेडिकल कलेज स्थापनालगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत छन् ।  


त्यस्तै आजको मन्त्रिपरिषद् बैठकमा स्थानीय निर्वाचनको बारेमा भने केही कुरा नभएको एक मन्त्रीले जानकारी दिए ।  उनका अनुसार नेपाली सेनाको रथी दरबन्दी थपको विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएन ।  डडेलधुरा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।  


Author

थप समाचार
x