राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा खस्यो शतप्रतिशत मत
कैलाली - सुदूरपश्चिममा राष्ट्रिय सभाका लागि भएको मतदान सकिएको छ। मतदानमा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधि गरी कुल २२७ मतदाता रहेकोमा शतप्रतिशत मत खसेको छ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख तथा सहायक निर्वाचन अधिकारी प्रेमदत्त भट्टले दिउँसो ३ बजेसम्ममा सत प्रतिशत मत खसेको बताए । उनले लगतै मतगणनासमेत सुरु गरिएको बताए ।
प्रदेशमा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्र, महिलातर्फ नेकपा ९एकीकृत समाजवादी० पार्टीका मदनकुमारी ९गरिमा० शाह र दलितमा नेकपा माओवादीका जगत पार्की उम्मेदवार रहेका छन्।
त्यस्तै, नेकपा एमालेबाट डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विक उम्मेदवार रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया