जनमत पार्टीका पक्राउ परेका कार्यकर्तामाथि मुद्दा चलाउने तयारी
जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्ने प्रयास गरेको भन्दै पक्राउ परेका जनमत पार्टीका ७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।
बुधवार प्रहरीले निर्वाचन बिथोल्ने प्रयास गरेको भन्दै प्रदर्शनमा उत्रेका जनमतका ७ जना कार्यकर्तालाई जनकपुरधामको विभिन्न स्थानबाट पक्राउ गरेको हो । जनमतका कार्यकर्ताहरुले बाँसको भाँटासहित मतदन स्थल नजिक र पुर्वपश्चिम राजमार्ग अन्तर्गत पिराडी चोकमा प्रदर्शन गरेका थिए ।
मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ७ वटा गाडीमा जनमतका कार्यकर्ताहरूले तोडफोड र ढुंगा प्रहार गरी ३ जना जनप्रतिनिधि, एकजना चिकित्सक र चारजना प्रहरी घाइते बनाएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाएको छ । पक्राउ परेका सातै जनाविरुद्ध कानून अनुसार मुद्दा चलाउने तयारी भइरहेको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया