राजनीति

निर्वाचनकाे मिति कानुनमै किटान हुनुपर्छ : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

इकागज |
माघ १४, २०७८ शुक्रबार १५:२९ बजे

काठमाडाैँ – पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनकाे मिति कानुनमै किटान गर्न माग गरेका छन् ।

पाेखरेलले समाजिक सञ्जाल ट्विटरमार्फत निर्वाचनकाे मिति कानुनमै किटान गर्न माग गरेका हुन् ।


'लोकतन्त्रको प्राणवायु- आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्तत: लोकतन्त्रलाई हराउँछ। लोकतन्त्र हार्ने काम कसैले नगरौं', उनले ट्विटरमा लेखका छन्, 'निर्वाचन मितिलाई दलीय स्वार्थ्यबाट मुक्त गर्न र आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानूनमै किटान गरौं।'


Author

थप समाचार
x