जनशक्ति उत्पादन र प्रक्षेपणमा शिक्षा मन्त्रालय अघि बढ्दै
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय–२०७४ कार्यादेश अनुसार मुलुकलाई आवश्यक पर्ने जनशक्तिको उत्पादन तथा प्रक्षेपण सम्बन्धी कार्यको समन्वयकारी भूमिकामा मन्त्रालय अगाडि बढेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिले राष्ट्रिय जनशक्ति (मानव संसाधन) विकास अध्ययन गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदन–२०७८ माथि प्रारम्भिक छलफल प्रारम्भ भएको छ । उक्त प्रतिवेदनमा सरकारी निकाय कार्यरत जनशक्ति र त्यसको उपयोग तथ्यांकसहित केलाइएको छ । प्रतिवेदन निजामती सेवाको पेशागत क्षमता, नेतृत्वका धारणा, मन्त्रालय–मन्त्रालयबीचको समन्वयका सुझाएको छ ।
प्रतिवेदन निर्माण संलग्न शिक्षा मन्त्रलायका उपसचिव इश्वरीप्रसाद पोखरेलले प्रतिवेदन शिक्षा मन्त्रालयलाई बुझाइसकेको जानकारी दिँदै केही निर्णय भएको बताए ।
उनले भने, ‘नेपाल सरकारका उच्च पदाधिकारीको संलग्नतामा प्राविधिक, प्राज्ञिक, प्रशासनिक, कानूनी र आर्थिक पक्षको समग्र समीक्षा गरी अन्तिम प्रतिवेदन तयार गर्ने तथा मुलुकको साझा जनशक्ति मापदण्ड तथा कार्यविधि बनाएर नेपाल सरकारको स्वीकृतिका लागि आधिकारिक दस्तावेज बनाउने गरी मन्त्रालयबाट काम गर्ने निर्णय भएको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया