राजनीति

रुसले युद्ध रोकेर सेना फिर्ता गर्नुपर्छः गौतम

इकागज |
फागुन १५, २०७८ आइतवार १६:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । उनले आइतबार विज्ञप्ति जारी गरी रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्‍व प्रवृत्तिविरुद्ध रहेको बताए ।

‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता १०० भन्दा धेरै राष्ट्रहरूका चाहनाका विरुद्धमा छ,' उनले भने ।


गौतमले यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनुपर्ने र शान्ति वार्ताबाट दुई राष्ट्रका बीचको समस्या समाधान गर्नुपर्ने औल्याएका छन् ।


Author

थप समाचार
x