राजनीति

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध दर्ता भएका रिट जस्ताको तस्तै

इकागज |
माघ १४, २०७७ बुधबार १९:५८ बजे

काठमाडौँ : चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । मुद्दा मंगलबार नै स्वीकार गर्ने भनिए पनि उनीहरूको बुधबार सर्वोच्च अदालतले दर्ता गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विषयमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले गत पुस २४ गते  विज्ञप्ति निकाली ‘प्रतिनिधि सभा विघटन गर्ने असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधको रूपमा लिनुपर्छ’भन्‍ने धारणा सार्वजनिक गरेका थिए ।


त्यही धारणालाई आधार बनाएर अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको र न्याय सम्पादनमा हस्तक्षेप भएको आरोप लगाउँदै अधिवक्ता लोचन भट्टराई र धनजीत बस्‍नेतले छुट्टाछुट्टै दायर गरेका रिटलाई सर्वोच्चले बुधबार दर्ता गरी माघ १५ गते पेशी तोकिसकेको छ ।

अदालतका सबैभन्दा ठूला संरक्षक रहेका पूर्वप्रधानन्यायाधीशहरूले अदालतको मानहानि हुन्छ या न्यायिक पद्धतिलाई तहसनहस गर्ने उद्देश्यले वक्तव्य निकालेको भन्दै रिट दायर गरिएको हो ।

यसैबीच पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि बुधबार सर्वोच्च अदालतमा अदालतको मानहानि गरेको भन्दै रिट दायर भएको छ । 

रिटहरू जस्ताको तस्तै :

अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख दमननाथ ढु‌गानाविरुद्ध दायर गरेको रिट निवेदन :

अधिवक्ता धनजीत बस्‍नेतले चार पूर्वप्रधानान्यायाधीशविरुद्ध दायर गरेको रिट निवेदन :

अधिवक्ता लोचन भट्टराईले चार पूर्वप्रधानान्यायाधीशविरुद्ध दायर गरेको रिट निवेदन :


Author

थप समाचार
x