पहाड छेडेर कोसीलाई मधेसमा ल्याउँछौं : ओली
जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मधेसमा विकासको संकल्प लिएर अघि बढेको बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा आयोजित ढल्केबर सवस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू मधेश विकासको संकल्प लिएर अघि बढेको बताए ।
‘मलाई मधेस विरोधी भन्नेहरू पनि सत्तामा बसेका थिए,’ उनले भने, उनीहरूले मधेसका लागि के गरे ? ढल, सडक, सिचाईं, कृषिलगायत क्षेत्रमा विकास मेरै पालमा भयो ।’
उनले मधेस केन्द्रित राजनीति गर्नेहरूलाई पनि मधेसमा विकास गरेर देखाउन चुनौति दिए । ‘मलाई मधेस विरोधी भन्नेहरूलाई जति विकासको काम मैले गरेको छु, मधेसमा तिनीहरूकै सरकार छ । विकास गरेर देखाओस्,’ उनले भने, ‘मुखले खोक्रा नारा दिएर हुँदैन । काम गरेर देखाउनुस् अनि मधेस प्रेमी भन्नुस् ।’
मधेसको विकासका लागि कृषि आधुनिकिकरणमा सरकारले जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले खेत-खेतमा सिंचाईं सुविधा पुर्याउन कोसीको पानी तराईमा झारिने बताए । उनले भने ‘खेत खेतमा सिंचाईको सुविधाका लागि पहाड छेडेर कोसीलाई मधेसमा ल्याउँदैछौं ।’ कोसी नदीमा ड्याम निर्माण भएपछि मधेसका किसानलाई सिचाईंको समस्या नहुने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया