राजनीति

सर्वोच्‍च अदालतमा सभामुख सापकोटा

इकागज |
माघ २३, २०७७ शुक्रवार ११:२८ बजे

काठमाडौँ : संवैधानिक नियुक्तिमा सामेल नरहेका सभामुख अग्‍निप्रसाद सापकोटा रिट दायर गर्न सर्वोच्‍च अदालत गएका छन् । शुक्रबार रिट दायरका लागि सभामुख सापकोटा आफै सर्वोच्‍च अदालत गएका हुन् । उनको साथ नेकपा दाहाल-नेपाल समूहका नेतृ शशी श्रेष्ठ, रामकुमारी झाक्रीलगायत नेताहरू छन् ।

संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकीर सभामुखको छ । संवैधानिक परिषद्‌को सदस्य भए पनि नियुक्तिमा सापकोटा सामेल थिएनन् । संवैधानिक अंगमा ३२ जना पदाधिकारीको सपथ बुधबार बिहान कार्यालय खुल्‍नु अगावै भएको थियो ।



Author

थप समाचार
x