राजनीति

चन्दसहितका चार दलको संयुक्त रणनीतिक मोर्चा, पहिलो चरणको संघर्ष घोषणा

इकागज |
माघ २९, २०७७ बिहीबार १५:२४ बजे

प्रज्ञा भवनमा आयाेजित संयुक्त रणनीतिक मोर्चा घोषणा कार्यक्रम । तस्‍वीर सौजन्‍य : प्रकाश डुम्रे

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित खुला राजनीतिमा रहेका अन्‍य तीन दलले संयुक्त रणनीतिक मोर्चा निर्माण गरेका छन् । बिहीबार काठमाडौंकाे प्रज्ञा भवनमा चार दलले संयुक्त रणनीतिक मोर्चा घोषणा गरेका हुन् । मोर्चामा चन्‍द नेतृत्‍वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपाल छन् ।

संयुक्त रणनीतिक मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्तावेज पारित गर्दै १५ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरिएको छ । समितिमा सिपी गजुरेल रामसिंह श्रीस, पाशवान श्रैष्ठ, सन्तोष बुढा, ऋषिराम कट्टेललगायत १२ जना छन् । ३ सदस्य पछि थप गरिने मोर्चाले जनाएको छ । 


समितिको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्ने कार्यक्रमपछि मोचाले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ । समितिलाई प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म विस्तार गरिने मोर्चाले जनाएको छ । 

संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । जसअन्तरगत विभिन्न ठाउँमा जनसभा गर्ने भएको छ । घोषित कार्यक्रमअनुसार फागुन ६ गते बुटवलमा जनसभा गर्ने, १४ गते धनगढीमा र १८ गते इटहरीमा जनसभा गर्ने भएको हो । 

पहिलो चरणका संघर्षपछि दोस्रो चरणको आन्दोलन घोषणा गरिने मोर्चाले जनाएको छ । चार दलले पुस दोस्रो साता संयुक्त मोर्चा बनाउने घोषणा गरेका थिए ।

याे पनि 

प्रतिबन्धित चन्द समूहसहितको चार दलीय मोर्चाले अब के गर्छ ?

 


Author

थप समाचार
x