राजनीति

सर्वोच्चमा एमिकस क्युरी बहस सुरु, समयको ख्याल राख्‍न प्रधानन्यायाधीशको आग्रह

इकागज |
फागुन ४, २०७७ मंगलबार १२:१५ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमिकस क्युरी बहस सुरु भएको छ । संवैधानिक इजलासमा क्युरी सदस्य एवं वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस सुरु गरेका छन् । क्युरी अन्तर्गत पाँच जना विज्ञ सदस्य छन् ।

एमिकस क्युरी बहसका लागि समय तोकिएको छैन् । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले समयको ख्याल गर्न आग्रह गरेका छन् । एमिकस क्युरीका पाँच जना सदस्यले बहस गरेपछि इजलासले फैसला सुनाउनेछ ।  यसअघि हिजो रिट निवेदकका तर्फबाट जवाफी बहस भएको थियो । 



Author

थप समाचार
x