राजनीति

संविधान कोमामा पुगेको छ, हामी पनि कोमामै छौँ : पाठक

इकागज |
फागुन ७, २०७७ शुक्रबार १२:५८ बजे

काठमाडौँ : वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले प्रतिनिधि सभा विघटन सरकारको स्वेच्छाचारी कदम भएको दाबी गरेकी छिन् । एमिकस क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता पाठकले संविधानमा व्यवस्था नै नभएको अवस्थामा प्रतिनिधि सभा विघटन गर्नु ओलीको स्वेच्छाचारी कदम भएको तर्क गरिन् ।

‘सरकारको स्वेच्छाचारी कदम गम्‍भीर रूपमा हेर्नुपर्छ’ बहसका क्रममा उनले भनिन्, ‘होइन भने यो कदम सही छ भनेर वस्तुनिष्ठ तरिकाबाट प्रमाणित गर्नुपर्छ ।’ 
प्रतिनिधि सभा विघटनविरुद्ध संविधानविद्, वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीले बहस गर्दा राखेका धारणा सुन्नुपर्ने उनको तर्क छ। यस्तै उनले प्रधानमन्त्री ओलीको कारण सविधान कोमामा पुगेको पनि बताइन् । 


संविधान निर्माण गर्दा चौतर्फी बहस भएको, सबैको धारणा सुनिएको, सबैको साझा धारणाबाट नै प्रतिनिधि सभा विघटनको व्यवस्था नराखिएको अवस्थामा प्रधानमन्त्रीले विघटन गरिदिँदा संविधानमा कोमामा पुगेको उनले बताइन् । संविधान कोमामा रहँदा आफुहरु पनि कोमामा पुगेको भनाइ छ ।

‘संविधानको जिवन्तता रहन्छ वा रहदैन ? वा के हुन्छ ?’ एमीकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘तर अहिले संविधान कोमामा छ । सविधान कोमामा रहँदा हामी पनि कोमामै छौ ।’ पाठक क्युरीका तर्फबाट बहस गर्ने अन्तिम सदस्य हुन् । उनको बहसपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ । 

 


Author

थप समाचार
x