राजनीति

वर्तमान शासकको कारण लोकतन्त्रमाथि ग्रहण : पूर्वराष्ट्रपति डा. यादव

सुभाष कर्ण |
फागुन ७, २०७७ शुक्रबार १६:२९ बजे

जनकपुरधाम : पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान शासकको कारण लोकतन्त्रमाथि ग्रहण लागेको लागेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बीपी विचार संग्रह पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रका लागि जेल बसेका प्रधानमन्त्रीबाटै लोकतन्त्र संकटमा परेको बताए । 

प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दा राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको व्यक्ति त्यसको साक्षी बस्नु गलत कार्य भएको भन्दै डा. यादव यादवले वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाए । डा. यादवले भने, 'संविधानविपरीत दल विभाजनको अध्यादेश ल्याउनु र त्यसलाई राष्ट्रपतिले त्यसको सदर गर्नु, संवैधानिक निकायमा आफ्ना मान्छेलाई भर्ती गर्नुलगायतका कार्यले लोकतन्त्रमाथि क्रमिक रूपमा प्रहार भएको छ । यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरूको लागि दुर्भाग्य हो ।'


उनले संविधान जारी गर्दा आफूले लोकतन्त्रको रक्षार्थ तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजेको तर, अहिले त्यसलाई विखण्डन गर्न खोजिएको बताए । विखण्डनको राजनीति हाबी भए मुलुक गम्भीर दुर्घटनामा फस्‍ने उनको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x