राजनीति

प्रतिनिधि सभा विघटन बदर गरेर सर्वोच्‍चले संवैधानिक दायित्व पूरा गर्‍यो : देउवा

इकागज |
फागुन ११, २०७७ मंगलबार १९:२१ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको बताएका छन् ।

देउवाले सामाजिक सञ्‍जाल ट्‍वीटरमा भनेका छन्, 'सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु।'


देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको पनि बताएका छन् । आफूले सुरु देखिनै सर्वोच्चलाई स्वतन्त्ररूपमा काम दिनुपर्ने बताएको उल्लेख गरेका छन् । 'मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो। सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद् पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ,' देउवाले ट्‍वीटमा भनेका छन् ।

उनले संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरू समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको पनि उल्लेख गरेका छन् । 


Author

थप समाचार
x