राजनीति

सर्वोच्चले राजनीतिलाई सही मार्गमा डोहर्‍याउने फैसला गर्‍यो : प्रवक्ता शर्मा

इकागज |
फागुन ११, २०७७ २०:३६ बजे

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्च अदालतले गलत मार्गबाट हिड्दै गरेको नेपालको राजनीतिलाई सही मार्गमा ल्याउने ल्याउने काम गरेको बताएका छन् । प्रवक्ता शर्माले भनेका छन्, ‘गलत मार्गमा हिड्न लागेको राजनीतिलाई यो फैसलाले सही मार्गमा डोहर्‍याएको छ ।’

आजको दिन नेपालको राजनीतिमा एतिहासिक दिनको रूमा रहने पनि शर्माले बताए । यो फैसला ठिक भएन भनेर भन्‍ने अहिले सरकारमा रहेकाहरूले पनि समयक्रममा ठिक भन्‍ने प्रवक्ता शर्माले बताए । ‘जजसले अहिले यो फैसला ठिक भएन भन्‍नुहुनेछ, उहाँहरूले पनि समयक्रममा यो फैसला ठिक छ भन्‍नुहुनेछ । किनकि यो संविधानवादलाई बचाउने फैसला हो,’ शर्माले भने ।
 



Author

थप समाचार