राजनीति

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : मुख्यमन्त्री राउत

सुभाष कर्ण |
फागुन ११, २०७७ मगलवार २०:५१ बजे

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नौतिकताको आधारमा राजनीमा दिनुपर्ने बताएका छन । इकागजलाई प्रतिक्रिया दिंदै मुख्यमन्त्री राउतले  भने, 'सर्वोच्च अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गरेको छ ।  अब प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनु पर्छ ।'

राउतले यो फैसला जनताको जीत भएको पनि बताए । सर्वोच्च अदालतले संविधानको रक्षा गर्दै गरेको निर्णय जनताको जीत भएको उनको भनाइ छ । 


त्यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनाको निर्णय स्वागत योग्य रहेको बताए । फैसला संघर्षको जीत भएको पनि उनले बताए । मन्त्री यादवले सर्वोच्चको यस फैसलाका कारण नेपाली जनताको न्यायालयमाथि विश्‍वास बढेको बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x