राजनीति

ओली समूहको स्थायी कमिटी बैठक बस्दै

इकागज |
फागुन १२, २०७७ बुधबार ८:२१ बजे

काठमाडौँ : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्‍न लागेको हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्‍न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले इकागजलाई जानकारी दिए ।


नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका १६ जना सदस्य छन् । यसअघि नेकपा विभाजनमा पुगेपछि ओली र दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक छुट्टाछुट्टै रुपमा बस्दै आएको थियो ।


 


Author

थप समाचार
x