राजनीति

चितवनको कार्यक्रम छाडेर काठमाडौँ फर्किदै दाहाल-नेपाल

इकागज |
फागुन १२, २०७७ बुधबार ९:५६ बजे

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने परमादेश दिएपछि खुशियाली मनाउन पुष्पकमल दाहाल र माधव कुमार नेपाल काठमाडौँ फर्किदै छन् । चितवनमा पार्टीको जनसभाका लागि गएका दुवै नेताहरु बुधबार काठमाडौँ फर्किन लागेका हुन् ।

दुवै जना अहिले बिहान काठमाडौँ फर्किन लागेका दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । उनका अनुसार काठमाडौँ फर्किएलगत्तै दुवै अध्यक्ष रत्नपार्कको शान्तिबाटिकामा हुने विजय जुलुसमा सहभागि हुनेछन् ।


त्यसपछि आजै अपरान्ह ४ बजे पेरिसडाँडामा बोलाइएको संसदीय दलको बैठकमा सहभागि हुनेछन् । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै देशभर खुशियालीमा विजय जुसुस गर्ने निर्णय नेकपाको दाहाल-नेपाल समूहले गरिसकेको छ । 


Author

थप समाचार
x