राजनीति

तस्बिरमा दाहाल-नेपाल समूहको विजयी जुलुस

इकागज |
फागुन १२, २०७७ बुधबार १४:४४ बजे

तस्बिर : सरोज बैजु

काठमाडौँ : पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेतृत्वको नेकपाले आज देशभर विजय जुलुस गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौँ उपत्यकासहित देशैभर विजय जुलुस गरेको हो ।

यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ । 


त्यसपछि ओलीबाट अलग्गिएको दाहाल-नेपाल समूहको नेकपाले देशभर आन्दोलनका कार्यक्रम अघि बढाएको थियो ।

काठमाडौँको प्रदर्शनीमार्गमा इकागजका सरोज बैजुले खिचेका तस्बिरहरू

 


Author

थप समाचार
x