राजनीति

सर्वाेच्चले मुलुकलाई सङ्कटबाट जोगायो  : रामचन्द्र पौडेल

इकागज |
फागुन १२, २०७७ बुधबार २०:० बजे

फाइल तस्बिर

काठमाडौँ  : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताएका छन् ।  सिरहामा बुधबार पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताएका हुन् । 

‘सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्‍न भएको थियो,’ उनले भने, ‘अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।’ 


नेपालमा राजनीतिक स्थायित्व, प्राप्त उपलब्धिको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टी केन्द्रित रहेको उल्लेख गर्नुहुँदै उनले मुलुकको बदलिँदो परिस्थितिमा कांग्रेसले लोकतान्त्रिक पद्धति, सङ्घीय पद्धतिको रक्षाका लागि दृढतापूर्वक अघि बढ्ने बताए । 


Author

थप समाचार
x